२२ मंसिर २०८१,शनिबार

उडिरहेको विमानभित्र घोडा फुस्केपछि....

Posted By -Aditya
  • २९ फाल्गुन २०८०,मंगलवार Updated
  • / 107 Read

उडिरहेको विमानभित्र घोडा फुस्केपछि....

न्यूयोर्क । असहज अवस्था निम्तिएपछि उडिसकेको बोइङ ७४७ कार्गो जेटलाई विमानस्थल नै फर्काइएको छ । विमानभित्र स्टलमा बाँधेर राखिएको घोडा फुकेपछि करिब ३१ हजार फिटमाथि उडिरहेको विमानलाई फर्काइएको हो । 

नोभेम्बर ९ मा विमान न्यूयोर्कको जोन एफ केन्नेडी विमानस्थलबाट बेल्जियमको लिएजतर्फ १५ वटा घोडा बोकेर सो विमान उडेको थियो । विमान उडेको ९० मिनेटपछि स्टलमा बाँधिएको घोडा एकाएक फुक्यो भने उफ्रिएर स्टलको बारमा अड्कियो । वर्षभरमा आफूहरूले हजारौँ घोडा कार्गोबाट पठाउने गरेको भएपनि यस्तो खालको घटना चाँहि आफूले दोस्रो पटक देखेको जोन एफ केन्नेडी विमानस्थलमा पशु क्वारेनटिन र निर्यात विभागका प्रमुख जोन कुटिसेल्ली भन्छन् ।

केही गरेर पनि घोडालाई स्टलमा फर्काएर बाँध्न नसकेपछि विमानलाई फर्काइयो । ‘विमान उडाउन हामीहरूलाई कुनै समस्या छैन, तर हामीले घोडालाई बाँध्न सकेनौँ,’ एक जना पाइलटले भनेका थिए । सो विमान सोही दिन ३ घण्टा पछि पुनः उडेको थियो । यस्तो खालको घटना नयाँ भने होइन । सन् २०२३ को अक्टोबरमा बैंककबाट उडेको भियतजेटमा एउटा अटर र मुसा भागेपछि विमानभित्र हङ्गामा मच्चिएको थियो । बग्दादबाट दुबईतिर गइरहेको एउटा विमानमा क्रेटमा राखिएको बाघको बच्चा भागेपछि पनि विमानभित्र खैलाबैला भएको थियो ।

 

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page

Copyright © 2024 NepaliAawaz All rights reserved.