२२ मंसिर २०८१,शनिबार

सगरमाथा आरोहीले अनिवार्य ‘ट्र्याकिङ चिप्स’ लाउनुपर्ने

Posted By -Aditya
  • २८ फाल्गुन २०८०,सोमबार Updated
  • / 138 Read

सगरमाथा आरोहीले अनिवार्य ‘ट्र्याकिङ चिप्स’ लाउनुपर्ने

काठमाडौँ । सगरमाथा आरोहणको नयाँ सिजन सुरु हुनुअघि नेपाल सरकारले महत्त्वपूर्ण नयाँ घोषणा गरेको छ । सरकारले सगरमाथा आरोहण गर्ने आरोहीले ‘ट्र्याकिङ चिप्स’ भाडामा लिएर प्रयोग गर्नुपर्ने घोषणा गरेको हो । र, यो घोषणाअनुसार पर्वतारोहीले ट्र्याकिङ चिप्सको प्रयोग गर्नु अनिवार्य हुनेछ ।

नेपालबाट सगरमाथा आरोहणको अनुमति लिन एक ‘क्लाइम्बर’ लाई ११ हजार अमेरिकी डलर बुझाउनुपर्ने हुन्छ । यसमा ट्र्याकिङ चिप्स, गियर, खाना, अक्सिजन, शेर्पा गाइड लगायतको खर्च जोड्दा प्रतिव्यक्ति ३५ हजार अमेरिकी डलर लाग्छ । आरोहीले सगरमाथा चढ्न कम्तीमा एक महिनासम्मको समय लाग्न सक्छ ।

विश्वका १० उच्च शिखरमध्ये ८ नेपालमा पर्छन् । यसले हिमाली पर्यटनमा नेपाल विश्वव्यापी रूपमा उच्च स्थानमा छ । गत वर्ष ४७८ जनाले सगरमाथा आरोहणको अनुमति लिएका थिए । यो आफैँमा एक कीर्तिमान समेत हो । यीमध्ये १२ जना आरोहीको मृत्यु भएको थियो भने थप ५ जना हराइरहेको घोषणा सरकारले गरेको छ ।

यसले सगरमाथा आरोहणका क्रममा अधिकांश आरोहीको मृत्यु हुने र धेरैजसो हराउने गरेको देखिन्छ । यहि कारण, सगरमाथा आरोहणका क्रममा हुने दुर्घटना र हराएपछि खोजी र उद्धारमा सहजीकरणका लागि ट्र्याकिङ चिप्स लगाउने निर्णय सरकारले गरेको हो ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page

Copyright © 2024 NepaliAawaz All rights reserved.