होसियार ! उच्च कोलेस्ट्रोलले हर्ट अट्याकलाई निम्ता दिन्छ
- २८ फाल्गुन २०८०,सोमबार Updated
- / 112 Read
काठमाडौँ । कोलेस्ट्रोल वृद्धि अहिलेको समयमा अधिकांशको समस्या हो । निकै कम उमेरका मानिसहरूमा समेत यो समस्या देखिन थालेको छ । कोलेस्ट्रोल भनेको मैन अनि बोसो जस्तो पदार्थ हो, जुन तपाईँको शरीरको सबै कोशिकामा पाइन्छ । कलेजोले कोलेस्ट्रोल बनाउँछ । मासु र दूधजन्य सामाग्रीलगायत केही खाद्य पदार्थमा पनि यो पाइन्छ । शरीरलाई ठिकसँग काम गर्न कोलेस्ट्रोल चाहिन्छ । तर तपाईँको रगतमा उच्च मात्रामा कोलेस्ट्रोल जम्मा भयो भने चाहिँ रक्त धमनी, मुटुको रोग र हृदयाघात निम्तिन सक्छ । यसबाट बच्न आफ्नो लाइफस्टाइलमा स्वस्थ खानपान समावेश गराउनु पर्छ ।
लिपोप्रोटिन दुई प्रकारको हुन्छः लो डेन्सिटी लिपोप्रोटिन (एलडीपी) र हाई डेन्सिटी लिपोप्रोटिन (एचडीएल) । यो बोसो (लिपिड) र प्रोटिनको संयोजन हो । एलडीएलको अर्थ कम घनत्व भएको लिपोप्रोटिन हो । यसलाई ब्याड कोलेस्ट्रोल भनिन्छ । एचडीएलको मतलब चाहिँ उच्च घनत्व भएको लिपोप्रोटिन हो । यसले तपाईँको शरीरको अन्य भागमा रहेको कोलेस्ट्रोललाई फेरि कलेजोमै ल्याउने भएकोले यसलाई गुड कोलेस्ट्रोल भनिन्छ ।
चिया सिडमा ओमेगा–थ्री फ्याटी एसिड, फाइबर र एन्टीअक्सिडेन्ट्स भरपुर पाइन्छ । यो खासगरी तौल घटाउनेहरूमाझ बढी पपुलर छ । तर यसको फाइदा यतिमै मात्र सीमित छैन । यसले मधुमेह, कोलेस्ट्रोल, मुटुसम्बन्धी रोग, इम्युनिटी बूष्टर र छालालाई स्वस्थ राख्न सघाउँछ । घुलनशील फाइबरले भरपुर यो दानाले शरीरबाट ब्याड कोलेस्ट्रोल घटाउँछ । अनि ओमेगा–थ्री फ्याटी एसिडले मुटुको स्वास्थ्यलाई ठिक ठाउँमा राख्छ । यसबाहेक चिया सिडमा सुन्निएको रोक्ने गुण पनि पाइन्छ । जसले समग्र स्वास्थ्यलाई राम्रो बनाउँछ ।
Share News
For Add Product Review. You Need To Login First Login Page
-
LATEST
-
POPULAR