खतरनाक हुन सक्छ शरीरमा क्याल्सियमको कमी : मानिस मर्न पनि सक्छ !
- २८ फाल्गुन २०८०,सोमबार Updated
- / 118 Read
सबैलाई थाहा भएकै कुरा हो, हाम्रो शरीरको लागि नभई नहुने तत्वहरुमध्ये क्याल्सियम पनि एक हो । धेरैलाई के कुरा थाहा छ भने हड्डी र दाँतको स्वास्थ्यको लागि क्याल्सियम नभई नहुने खनिज तत्व हो । तर वास्तवमा क्याल्सियमको काम त्यति मात्रै होइन । क्याल्सियमले हड्डी र दाँत बलियो त बनाउँछ नै, त्यसभन्दा बाहेक क्लाल्सियमले मस्ष्तिकबाट प्राप्त हुने सन्देशहरुलाई शरीरका कोषहरुसम्म पुर्याउनको लागि पनि सन्देशवाहकको रुपमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको हुन्छ । त्यसबाहेक, शरीरमा हर्मोनहरुको निस्कासन, रगत जम्नु, मांसपेशीहरु खुम्चनु तथा आराम अवस्थामा ल्याउनको लागि भूमिका निर्वाह गरिरहेको हुन्छ ।
कुनै पनि कारणले शरीरमा क्याल्सियमको कमी भयो भने त्यो अवस्था खतरनाक हुन सक्छ । शरीरमा क्याल्सियमको कमीले गर्दा हुने रोगलाई हाइपोक्याल्सेमिया (Hypocalcemia) भनिन्छ । सामान्यतः शरीरमा भिटामीन डी र म्याग्नेसियमको कमी हुँदा पनि शरीरले क्याल्सियम राम्ररी ग्रहण गर्न सक्दैन र यसको कमी हुन जान्छ । त्यसैगरी, नून धेरै खाँदा वा फस्फोरस बढी हुने चियो पेयहरु बढी मात्रामा खाँदा पनि यो समस्या देखापर्ने खतरा बढ्छ । त्यसबाहेक, मृगौलाको जटील रोगहरु, थाइराइडडले राम्ररी काम गर्न नसक्दा तथा विभिन्न खालका औषधीहरुको असरको कारण पनि शरीरमा क्याल्सियमको कमी हुन सक्छ ।
शरीरमा क्याल्सियमको कमी हुँदा प्रारम्भिक चरणमा त्यसको कुनै लक्षणहरु नदेखिन पनि सक्छ । तर क्याल्सियमको कमी हुँदा शरीरमा विभिन्न खालका समस्याहरु र लक्षणहरु देखापर्न सक्छ, जुन देखापर्यो भने समस्याको पहिचान गर्न अनि त्यसको उचित उपचार गर्नको लागि तुरुन्तै स्वास्थ्य परीक्षण गराउनु पर्छ ।
Share News
For Add Product Review. You Need To Login First Login Page
-
LATEST
-
POPULAR