Flash News ::
अस्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीले थप काम गर्न पाउने
Posted By -Aditya
- २८ फाल्गुन २०८०,सोमबार Updated
- / 89 Read
अस्ट्रेलियामा अब अन्तर्राष्ट्रिय विद्यार्थीले दुई हप्तामा* ४८ घण्टासम्म काम गर्न पाउने भएका छन् । यसअघि अन्तर्राष्ट्रिय विद्यार्थीले २० घण्टा मात्रै काम गर्न पाउँथे । नयाँ नियम जुलाई १, २०२३ बाट लागू हुनेछ ।
यस्तै, अस्ट्रेलियाले स्नातक र स्नातकोत्तर सकेका अन्तर्राष्ट्रिय विद्यार्थीले पूर्ण रूपमा काम गर्न पाउने भिसाको समयावधि पनि थप गर्ने भएको छ ।
जसमा स्नातक सक्ने विद्यार्थीले दुईदेखि चार वर्षको पोस्ट स्टडी वर्क स्ट्रिम (पिएसडब्ल्यू) भिसा पाउनेछन् भने स्नातकोत्तर विद्यार्थीले तीनदेखि पाँच वर्ष र विद्यावारिधिका विद्यार्थीले चारदेखि ६ वर्षे पिएसडब्ल्यू भिसा पाउने छन् ।
*यसअघि अन्यथा हुन गएकोमा क्षमायाचनासहित सच्याइएको छ ।
Tags :
Awesome
Share News
For Add Product Review. You Need To Login First Login Page
-
LATEST
-
POPULAR